हिमानी अमेरिका-भ्रमण लुकाउन चाहन्छिन्, 'नटवरलालहरू' देखाउन चाहन्छन्

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

छोरा ’बेबी किङ’लाई युनिभर्सिटी भर्नाका लागि अमेरिकामा रहेकी पूर्वयुवराज्ञी हिमानी आफ्नो निजी भ्रमणलाई सार्वजनिक गर्न चाहिरहेकी छैनन्। उनी यो भ्रमणलाई जतिसक्दो निजी बनाएर विवादमा नपर्न चाहिरहेको जस्तो देखिएको छ। तर, अमेरिकामा रहेका केही नेपालीहरू उनको भ्रमणका सार्वजनिक कार्यक्रमहरू बनाएर उनलाई विवादमा तानिरहेका छन्।  

उनीहरूले हिमानीको उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाट हुनेजस्ता प्रचार गरेर ‘ट्रायल बलुन’ गरेकामा त्यसको नकारात्मक असर परेको छ । अमेरिकाको पद्धतिलाई पूरै बेवास्ता गरेर चलाइने यस्ता प्रायोजित हल्लाले अमेरिकामा रहेका नेपालीलाई हेर्ने दृष्टिकोण नै नराम्रो हुने चिन्ता यहाँका सजग नेपालीमा देखिएको छ । यस्तै एक सजग नेपाली भन्छन् ‘अमेरिकामा रहेको नेपाली समाजमा सिल्लीहरू बढेका छन्। अमेरिकी माटो टेकेको वर्षौ भैसक्दा पनि यिनीहरूको टाउकोमा नेपालकै जस्तो जे भने पनि हुन्छ भन्ने सोच नै रहेको छ। यो दुर्भाग्य हो।‘    

अमेरिकामा रहेको नेपाली समाजमा सिल्लीहरू बढेका छन्। अमेरिकी माटो टेकेको वर्षौ भैसक्दा पनि यिनीहरूको टाउकोमा नेपालकै जस्तो जे भने पनि हुन्छ भन्ने सोच नै रहेको छ। यो दुर्भाग्य हो।    

उपराष्ट्रपति कमला ह्यारिससँग भेटको चर्चा चलाएकोमा स्वयं हिमानी पनि खुशी नरेहको बताइएको छ । उनले असन्तुष्टी जनाएपछि हल्ला चलाउनेहरू पनि कुरा फेर्न थालेका छन् । हिमानीकी एक समर्थकले रोष प्रकट गर्दै भनिन्, ‘कुनै समय बराक ओबामासँग भेट भएको भनेर अमेरिकामा रहेका दुई नेपाली ‘नटवरलालहरू’ले फोटोसप गरेको तस्वीर सार्वजनिक गरेका थिए र त्यसलाई एक ‘पेडपत्रकार’ले समाचार बनाएका थिए। पछि त्यो झुटो ठहरिएको थियो। अहिले तिनै ‘नटवरलालहरू’ हिमानीको भ्रमणलाई विवादास्पद बनाउन लागेका हुन्।‘  

कुनै समय बराक ओबामासँग भेट भएको भनेर अमेरिकामा रहेका दुई नेपाली ‘नटवरलालहरू’ले फोटोसप गरेको तस्वीर सार्वजनिक गरेका थिए र त्यसलाई एक ‘पेडपत्रकार’ले समाचार बनाएका थिए। पछि त्यो झुटो ठहरिएको थियो। अहिले तिनै ‘नटवरलालहरू’ हिमानीको भ्रमणलाई विवादास्पद बनाउन लागेका हुन्।‘ 

अमेरिकामा हिमानी ट्रष्टका नाममा केहीलाई भिजिटिङ कार्ड छपाउन हतार भएको भन्दै उनले भनिन्, ‘उनीहरू पूर्वयुवराज्ञी हिमानीको भ्रमणलाई विवादास्पद बनाउन चाहन्छन्। जो यसमा लागेका छन्, उनीहरू नेपालको राजसंस्थाको भलो चाहने मान्छे हैनन्।‘  

अमेरिकामा पूर्वराजावादी भनेर चिनिनेहरूमा यो भ्रमणको चासो देखिए पनि आम नेपाली डायस्पोरामा यसप्रति कुनै चासो रहेको छैन। एक आम नेपाली भन्छन्, ‘हिमानी एक आम अभिभावकका रूपमा छोरालाई अमेरिकी युनिभर्सिटीमा भर्ना गराउन आएकी हुन्। उनको यो भ्रमणलाई त्यही रूपमा सिमीत राख्नु सबैको हितमा छ।‘

प्रकाशित मिति: : 2022-01-11 17:30:00

प्रतिकृया दिनुहोस्