रसुवा बाढी: उद्दारमा खटिएका प्रहरीसहित १८ जना सम्पर्कविहीन

Break n Links
Break n Links

रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण ३ जना प्रहरीसहित १८ जना चिनियाँ र नेपाली नागरिक सम्पर्कविहीन भएका छन्।

आज बिहानैदेखि भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको बाढीले टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरू बगाएको छ। 

प्रहरी स्राेतअनुसार उद्दारमा खटिएका प्रहरीसहित स्थानीयबासी, केही चिनियाँ नागरिक, रसुवागढी जलविद्युत परियोजनाका कर्मचारी र भन्सार क्षेत्रमा रहेका मानिस पनि बेपत्ता छन्।

प्रकाशित मिति: : 2025-07-08 09:22:00

प्रतिकृया दिनुहोस्