‘१२ वर्षमा विवाह भयो, उपाध्यक्ष भएपछि सासूबुहारी मेलमिलाप कार्यक्रम गर्दै छु’

शिवकान्ति चमारले सोचेकै थिइनन्– कुनै दिन सरकारको कुनै जिम्मेवारपूर्ण पदमा पुग्नेछु।

दलित, त्यसमाथि गरिब परिवारमा जन्मेकी शिवकान्तिको १२ वर्षको उमेरमा विवाह भएको हो। उनको विवाह हुँदा नेपालमा माओवादी आन्दोलन भर्खर सुरु भएको थियो। विवाहपछिका दिन उनी खेतबारीकै काम अभ्यस्त थिइन्। क्रमशः देशमा परिवर्तन हुँदै गयो। गणतन्त्र आयो, देश संघीयता, समावेशीतर्फ अगाडि बढ्यो। ‘गाउँगाउँमा सिंहदरबार’ नाराले मूर्त रूप लिन थाल्यो। यही बेला शिवकान्ति रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष हुने अवसर पाइन्। स्थानीय सरकारको उपाध्यक्षको पद सानो होइन, जिम्मेवारी धेरै छन्। यहाँसम्म उनी कसरी आइन् त ?

कर्मघर नेपाल जन्मघर भारत

शिवकान्तिको जन्म भारतको बिलासपुरमा भएको हो । उनका बाआमाले मजदुरी गरी जीविका चलाउँथे। दुई छोरा र तीन छोरीमध्ये शिवकान्ति जेठी हुन् । आर्थिक अवस्था कमजोर भए पनि शिवकान्तिलाई बाआमाले गाउँकै स्कुलमा भर्ना गरेका थिए। तर, जेठी छोरी भएकीले शिवकान्तिको काँधमा भाइबहिनीलाई हेरचाह गर्ने जिम्मेवारी आइलाग्यो। उनले भाइबहिनीलाई नहेर्ने हो भने, उनकी आमा मजदुरीका लागि घरबाहिर जान पाउँदिनथिन् र उनीहरुको जीविकामा अझ बढी अभाव खड्कन्थ्यो। 

प्रकाशित मिति: : 2022-01-16 13:45:00

प्रतिकृया दिनुहोस्