कांग्रेस तालमेलकै दिशातिर

अनलाइनखबर

लिलु डुम्रे

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ला/नगर्लाको आशंका करिब निवारण भएको छ। शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले तालमेलको पक्षमा अभिव्यक्ति दिएसँग कांग्रेसको कित्ता क्लियर भएको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा तालमेलको पक्षमा थिए। देउवा समूहका केन्द्रीय सदस्यहरु पनि तामेलको पक्षमा उभिएका छन्। बहुमत केन्द्रीय सदस्यको मतका आधारमा देउवाले औपचारिक रुपमा तालमेलको निर्णय गराउन लागेका छन्।

प्रकाशित मिति: : 2022-03-28 07:38:00

प्रतिकृया दिनुहोस्