स्थानीय निर्वाचन : विप्लवको पार्टीबाट सुवेदीको उम्मेदवारी घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता सन्तोष सुवेदी ‘प्रयास’ले स्थानीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन्।

चुनावमा जाने पार्टीको स्पष्ट नीति नभएपनि जनमत बनाउने, स्वाधिनता बचाउने नीतिअनुरूप चुनावलाई पनि उपयोग गर्न सकिने उनको भनाइ छ।

सुवेदीको सुनिलस्मृति गाउँपालिकामा उम्मेदवारी दिने चर्चा चलिरहेको छ। तपाईंको पनि उम्मेदवारी दिने चाहना हो? भन्ने प्रश्नमा सुवेदीले व्यक्तिगत चाहना हुनु स्वभाविक भएपनि पार्टीको निर्देशनलाई मान्नुपर्ने बताएका छन्।

नेकपाले स्वतन्त्र रूपमा चुनावलाई उपयोग गर्ने चर्चाले रोल्पाको चुनावी माहोल थप रोचक बनेको छ। नेताहरूले उम्मेदवारी दिने चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ। कतिपय स्थानमा त उम्मेदवारी दिने नेताहरूको नामसमेत चर्चामा छ।

‘व्यक्तिगत रूपमा मेरो पनि चाहना छ’, सुवेदीले भने, ‘तर पार्टीले के भन्छ त्यसका आधारमा मैले निर्णय लिने हो।’

गंगादेवमा चुडामणी ओली ‘आदर्श’, माडीमा केशबहादुर बाँठा ‘सुवास’, सुनिलस्मृतिमा सन्तोष सुवेदी ‘प्रयास’ र थबाङमा अमित घर्तीको चर्चा चुलिएको छ। यस्तै, सुनछहरीको जेलबाङ र फगाममा वडाध्यक्षको नामसमेत चर्चामा छ।

प्रकाशित मिति: : 2022-04-08 16:26:00

प्रतिकृया दिनुहोस्