केपी ओलीको गृहनगर दमकको मेयरमा राप्रपाबाट राम थापा उठ्ने

राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ। 

आज दमकमा आयोजित विशाल आमसभामा थापाको उमेदवारी घोषणा भएको हो।

राप्रपाको प्रदेश नम्बर(१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्वप्रमुख पनि हुन्। 

उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक  राजनीतिकर्मीको रुपमा परिचित छन्। 

झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ। झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको छ, सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन्। 

राप्रपाको प्रदेश(१ को संसदमा पनि प्रतिनिधित्व रहेको छ भने झापामै गत निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले बिजय प्राप्त गरेको थियो।

सो सभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई बिजयको शुभकामना दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो।

प्रकाशित मिति: : 2022-04-09 21:51:00

प्रतिकृया दिनुहोस्