चैनपुर– ११ बासीकाे मन–मनमा टेकबहादुर चौहान

मदन नेपाली

संखुवासभा

हेल्लो टेक भाइ बोल्नुभएको हो ?

हो त।

अनि तपाईं को बोल्नुभएको ?

म तल बरबोटेकाे भाइ हो।

ए अँ, भन त के काम थियो ?

यहाँ काकी बिरामी हुनुभएको रहेछ लैजाने साधन नपाएर तपाईंलाई फोन गरेको हो। झट्टै मोटरसाईकल लिएर आउनु न ल।

ए, हुन्छ ल म आइहाल्छु, तयारी हुनु।

गाउँलेहरूका यस्ता समस्या सुन्ने बित्तिकै आफ्नो घरको काम छाडेर तुरुन्तै गाउँ/समाजको लागि के दिन के रात, के घाम के पानी केहीकाे प्रवाह नगरी सबैको दु:खमा साथ दिने युवा हुन्, टेकबहादुर चौहान।

सङ्खुवासभाकाे चैनपुर वडा नम्बर ११ का यी चौहानलाई अधिकांशले टेक साहु भन्ने गर्छन्।

सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि अर्कालाई समस्या पर्दा आफ्नै ठानेर सुन्नै बित्तिकै सहयाेग गर्न कम्मर कसेर लाग्ने गर्छन्। कुनै पनि प्रकारको रिस/राग, घमण्ड नलिकन सामाजिक काम भनेपछि सधैं अग्रपंतिमा उभिने टेकबहादुर चौहान (टेक साहु) अहिले स्थानीय निकायको निर्वाचनमा चैनपुर वडा नम्बर ११ को वडाअध्यक्षको रुपमा उठ्ने तयारीमा छन्।

अहिले स्थानीय निकायको निर्वाचनको संघारमा चैनपुर नगरपालिका– ११ काे वडा अध्यक्षमा उनको नाम निक्कै चर्चामा छ।

राजनीतिक विचारमा नेकपा (माओवादी केन्द्र)सँग आवद्ध रहेका उनी पार्टीले गठबन्धन गर्दै गर्दा चैनपुर– ११ का भावी वडा अध्यक्षका रुपमा वडाबासीले चित्रण गरिरहेका आशा लाग्दो युवाको रुपमा चिन्ने गर्दछन्।

मुलुकमा कोरोना कहरको माहामारी विकाराल अवस्थामा रहँदा पनि उच्च मनोबलका साथ विद्यालयमा माक्स, सेनिटाईजर वितरण गरेर अग्रपंतिमा उभिएका थिए।

त्यसो त युवाहरुको लागि खेल समाग्री र ड्रेसलगायतका सामान वितरण गरेर स्थानीय स्तरमा खेलकुदकाे विकासमा उनको देन महत्वपूर्ण छ। विभिन्न धार्मिक कार्य होस् या सामाजिक काममा पनि उत्तिकै सक्रिय चौहान जनताको पिरमर्कामा कहिलै पछाडि हटेका छैनन्।

वडाको भष्ट्रचार र विकृती हटाउनका साथै समृद्ध वडा बनाउन उनी जनतामाझ एजेण्डा लिएर पुग्ने बताउछन्।

‘म बोलेर हाेइन गरेर देखाउँछु’, टेकबहादुरले भने,‘म वाचा गर्दछु। जिताएर देखाउनुहोस्। पक्कै तपाईंले चाहेअनुसारकाे काम गर्ने।’

‘राजनीति मेरो आम्दानी होइन, सेवाको माध्यम हो’ भन्ने नारासहित आसन्न स्थानीय निर्वाचनमा वडा अध्यक्षको उम्मेवदार बनेर नै छाड्ने टेकबहादुर जन–जनमा मन–मनमा छन्। वडाको समग्र विकासमा आफूले ध्यान दिने भन्दै प्रचार सुरु गरेका छन, उनले।

खेलकुद, धार्मिक र सामाजिक कार्यमा एकदमै अब्बल देखिएका विपन्न र पीडामा रहेकालाई तत्कालै सहयोग गर्दै आउने उनको शैली सबैले रुचाएका छन्।

‘वडाका बासिन्दाले परिवर्तन खोजेका छन्। जनप्रतिनिधि जनताकाे सेवक हुनुपर्छ शासक होइन भन्ने पक्षमा म छु। मेरो उदेश्य भनेको वडाकाे विकास हाे। त्यसैले समस्यासँग हरदम नजिक हुने हो र समाधानको उपाय खोज्ने हो, राजनीति मेरो पेशा होइन,’ चौहानले भने ‘अहिलेको परिवेशमा युवाको आवश्यकता हो भन्ने मेरो बुझाइ छ।’ 

उनले आफूले पाउने सुविधा समेत जनहितमा खर्च गर्ने बताउदैं आएका छन्।

‘म कमाउन आएको होइन, जनताको मन जित्ने काम गरेर रमाउन आएको हो। दु:ख सुखको सारथी बन्न आएको हुँ,’ उनले भने।

प्रकाशित मिति: : 2022-04-13 12:16:00

प्रतिकृया दिनुहोस्