शान्तिनगरमा माओवादीले पठायो दुई पदका लागि ६ जनाको नाम

Breaknlinks
Breaknlinks

दाङको शान्तिनगर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सर्वसम्म रुपमा उम्मेदवार टुंगो लाग्न नसकेपछि माओवादी केन्द्र गाउँपालिका कमिटीले आकांक्षी ३ जनाको नाम सिफारिस गरेको हो।

जसअनुसार राधिकारी परियार, मोहनलाल वली र गिरीराज बस्नेतको नामलाई जिल्ला कमिटीमा सिफारिस गरिएको छ। परियार अघिल्लो ०७४ सालको निर्वाचनमा उपाध्यक्ष पदमा काँग्रेसकी मिथिला शाहासँग पराजित भएकी थिइन।उनी हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन्।

यस्तै वली पार्टीको जिल्ला समन्वय समिति सदस्य हुन भने बस्नेत ०७४ को निर्वाचनमा निर्वाचित वडा नं ५ का वडाध्यक्ष हुन्। ३ जनाले अध्यक्ष पदमा आफ्नो दाबी नछाडेपछि माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाले कमिटीले उनीहरुको नाम जिल्ला कमिटीमा सिफासिर गरेको छ।

यस्तै उपाध्यक्षमा पनि माओवादीले ३ जनाको नाम सिफारिस गरेको छ। जसअनुसार गेदलाल भण्डारी, हिरा खड्का र एक राज बस्नेतको नाम सिफारिस गरिएको छ।

मैले नै टिकट पाउँछु भन्ने विश्वास छ : परियार

शान्तिनगर गाउँपालिका अध्यक्ष पदकी आकांक्षी परियारले आफूले नै अध्यक्ष पटका लागि टिकट पाउने विश्वास रहेको बताइन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्,‘आकांक्षी अरु पनि हुनुहुन्छ। मलाई विश्वास छ पार्टीले मलाई टिकट दिनेछ।’

उनले गठबन्धनका विषयमा अझै सहमति भइनसकेको बताइन। सहमति भइनसकेकाले पार्टी अध्यक्ष र उपाध्यक्ष दुबै पदका लागि उम्मेदवारको नाम पठाउन आग्रह गरेको थियो।

सोहीअनुसार गाउँपालिका कमिटीले पनि अध्यक्ष र उपाध्यक्ष पदमा गरी ६ जनाको नाम सिफारिस गरेको छ। परियारले शान्तिनगर गाउँपालिकामा आफ्नो पार्टीले अध्यक्ष पदका लागि आफूहरुको दाबी रहेको पनि बताइन्।

प्रकाशित मिति: : 2022-04-17 14:31:00

प्रतिकृया दिनुहोस्