यी हुन् राजदेवी नगपालिकामा एमालेबाट मेयर र उपमेयरका आकांक्षी

नेकपा एमालेले रौतहटको राजदेवी नगपालिकामा मेयर र उपमेयरका आकांक्षीको नाम सिफारिस गरेको छ।

राजदेवी नगर कमिटीको आज बसेको बैठकले मेयरमा दुई जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष रुपनारायण दासले जानकारी दिए।

नगर अध्यक्ष दासका अनुसार मेयरका दुई जना आकांक्षीमा गत निर्वाचनको मेयर प्रत्यासी राजेश साह र हालको उपमेयर अंशु सिह रहेका छन्।

हाल जिल्ला कमिटी सदस्यको हैसियतमा रहेका साह जनयुद्ध कालीन नेता हुन् भने सिंह हालै फोरमबाट प्रवेश गरेकी हुन्।

उपमेयरमा भने जिल्ला कमिटी सदस्य निवेश यादवसहित ५ जनाको नाम सिफारिस गरेको नगरअध्यक्ष दासले बताए।

लामो समय पत्रकारितामा बिताएका यादव हाल एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य पनि हुन्।

उनका अलावा रामपुकार दास, प्रदीप साह, अशोक यादव, रुप नारायण दास आकांक्षी रहेका छन्।

प्रकाशित मिति: : 2022-04-17 16:41:00

प्रतिकृया दिनुहोस्