गएकाे चुनावमा माओवादीले धाेका दिएकाे भन्दै मादी– ९ मा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस, मादी गाउँपालिका वडा नं ९ कार्यसमितिले आशन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीसँग गठवन्धन नगर्ने निर्णय गरेको छ।

गएको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस मादी– ९ को सहयोगमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले वडा अध्यक्षमा विजय हासिल गरेपनि जनताकाे अपेक्षाअनुसार काम नगरेकाेले गठबन्धन नगर्ने निर्णय गरेकाे हाे।

नेपाली काङ्ग्रेस मादी– ९ का सभापति प्रभात अधिकारीको नेतृत्वको टोलीले गठबन्धन नगर्ने निर्णय गरेर पार्टीको जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र गाउँपालिका कार्यसमितिलाई जानकारी गराएकाे छ।

सभापति अधिकारीले आफूहरुले विगतमा गठबन्धनको नाममा अरुलाई सहयोग गरेको तर निर्वाचित जनप्रतिनिधिले जनताको भवनाअनुसार काम गर्न नसकेकाे आराेप लगाएका छन्।

उनले गठबन्धन गरिएमा लोकतन्त्रप्रेमी वडाबासीको मन कुँडिने र कांग्रेस पार्टी नै पराजित बन्नसक्ने दाबी गरे।

प्रकाशित मिति: : 2022-04-19 19:23:00

प्रतिकृया दिनुहोस्