डलर चपाइरहेका सुँगुरदेखि माल अड्डाका हाकिमसम्म

सोमबार दिउँसो १२ वर्षीया ईशु श्रेष्ठले वरिष्ठ कलाकार तथा कार्टुनिस्ट अशोकमान सिंहको कार्टुन रमाइलो मानेर हेरिरहेकी थिइन्, नेपाल आर्ट काउन्सिल बबरमहलमा। 

सिंहको कार्टुनमा कालो भादगाउँले शैलीको टोपी लगाएका दुई सुँगुरले १२५औँ श्रेणीको भ्रष्टाचारी पदक-२०२१ पहिरिएका छन् र अनुदानको डलर चपाइरहेका छन्।

कार्टुन हेर्न आउने अवलोकनकर्ता यही कार्टुनलाई केहीबेर अडिएर नियालेको देखिन्छ। ईशु भन्छिन्, ‘मलाई यो कार्टुन रमाइलो लाग्यो। कार्टुनको अर्थ त म बुझ्दिनँ, तर सुँगुरहरू क्युट लाग्यो।’ 

प्रकाशित मिति: : 2022-04-20 18:41:00

प्रतिकृया दिनुहोस्