निर्वाचनकाे २१ दिन बाँकी : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो 

File Photo
File Photo

आगामी वैशाख ३० मा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ।

निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुर, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामाग्रीसमेत पठाइसकिएको छ।

‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन्।

प्रकाशित मिति: : 2022-04-22 11:04:00

प्रतिकृया दिनुहोस्