नेपालगञ्जमा एमालेको प्रतिबद्धता : राप्तीको पानी घरघरमा पुर्‍याउनेदेखि ग्रीन सिटीसम्म 

नेकपा एमाले बाँकेबाट नेपालगञ्ज उमपहानगरपालिकाको मेयरका उम्मेदवार पशुपतिदयाल मिश्रले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच शुक्रबार मिश्रले प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

१० पेजको प्रतिबद्धता सार्वजनिक गर्दै मिश्रले नेपालगञ्जलाई ग्रीनसिटी बनाउनेदेखि राप्ती नदीको पानीलाई लिफ्टीङ् (मोटरबाट तानेर) गरेर नेपालगञ्जवासीको घरघरमा शुद्ध पानी पुर्याउने प्रतिबद्धता जनाएका छन्।

उनको प्रतिबद्धतामा शुरुमै नीति निर्माणलाई प्राथामिकता राखिएको छ। त्यसपछि शिक्षलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने प्रतिबद्धतामा उल्लेख गरिएको छ।

स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गर्ने, विद्यालयमा बालमैत्री शौचालयको व्यवस्था, आफ्नै मातृभाषामा पठनपाठन गर्ने व्यवस्था लगायत शिक्षामा प्रतिबद्धता रहेको छ।

त्यस्तै भेरी अस्पताललाई पोष्ट ग्राजुएट ईन्स्टिट्युट (पीजीआई) अस्पतालको रुपमा विकास गर्ने, अन्तराष्ट्रियस्तरको शौचालय निर्माण, रिङ्गरोड निर्माण, नेपालगञ्जदेखि भैरहवा, भरतपुर नियमित उडाउन गर्ने प्रतिबद्धता पत्रमा समेटिएको छ।

मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेन बनाउने, जैविक खेतीलाई प्रवर्द्धन गर्ने, अभियानको रुपमा वृक्षारोपण गर्ने  तथा सम्भव भएको ठाउँमा स-साना बगैँचा र पदैल मार्ग बनाई हरित नगर बनाउने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति: : 2022-04-22 17:35:00

प्रतिकृया दिनुहोस्