एमालेबाट घाेराहीको मेयरमा नरूलाल चाैधरी र उपमेयरमा हुमा डिसी

नेकपा (एमाले)ले घाेराही उपमहानगरपालिकाको मेयर र उपमेयरकाे टुंगाे लगाएकाे छ।

शनिबार बसेको सचिवालय बैठकले उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो। बैठकमा सहभागी एक नेताकाअनुसार घाेराहीको मेयरमा नरूलाल चाैधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएकाे हाे।


यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार

घोराही
मेयर– नरूलाल चौधरी
उपमेयर– हुमा डिसी

बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारू

नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र
उपमेयर– शान्ति ढकाल

तुलसीपुर
मेयर– टिकाराम खडका
उपमेयर– स्यानी चौधरी

हेटौंडा
मेयर– अनन्त पौडेल
उपमेयर– सुमित्रा काफ्ले

धरान
मेयर– मन्जु भण्डारी
उपमेयर– पदम लिम्बु

इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया 
मेयर– बिनोद शाह

प्रकाशित मिति: : 2022-04-23 21:33:00

प्रतिकृया दिनुहोस्