यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार (सूचीसहित)

नेकपा (एमाले)को सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेकाे छ। त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

महानगरमा को ? 

१. काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल

२. ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

३. पोखरा - प्रमुख: दीपक पौडेल र
उप प्रमुख:  मञ्जु देवी गुरुङ

४.भरतपुर- प्रमुख:  विजय सुवेदी
उपप्रमुख: बाँकी

५. वीरगञ्ज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)

६. विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख:  बाँकी

११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन्:-

१. इटहरी: प्रमुख यमकुमार सुब्बा / उपप्रमुख संगीता चाैधरी
२.धरान : प्रमुख मञ्जु काफ्ले / पदम लिम्बु उपप्रमुख 
३.जनकपुर : प्रमुख बाँकी  / उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल / उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी
६.जितपुर सिमरा: प्रमुख  बाँकी / उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराई / उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख स्यानी चाैधरी
९.घोराही : प्रमुख  नरुलाल चाैधरी / उपप्रमुख मनकुमारी डिसी (हुमा)
१०.नेपालगन्ज: प्रमुख पशुपति दयाल मिश्र / उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख  रणबहादुर चन्द /  उपप्रमुख चन्द्रकला राना थारु

प्रकाशित मिति: : 2022-04-23 21:59:00

प्रतिकृया दिनुहोस्