गाउँपालिका अध्यक्षका आकांक्षी कंवर वडाध्यक्षमा खुम्चिए

File Photo
File Photo

नेकपा माओवादी केन्द्रबाट सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा सिफारिस भएका पवन कंवर वडाध्यक्षमा लड्ने भएका छन्। गाउँपालिका अध्यक्षमा धेरै आकांक्षी भएपछि उनी १ नम्बर वडाको वडाध्यक्षमा खुम्चीएका हुन्।

गाउँपालिका अध्यक्षमा अरूलाई नै व्यवस्थापन गर्नुपर्ने भएकाले आफू वडामा लड्न लागेको कंवरले बताएका छन्। ‘अन्य बुढापाकाहरूले उम्मेदवार नभइ नहुने दावी गरे,’ कंवरले भने ‘त्यसैले एकपटक उनीहरूलाई नै दिउँ भनेर मैले वडामा जाने निर्णयलाई स्वीकारे।’

कंवर अघिल्लो निर्वाचनमा पनि गाउँपालिका अध्यक्षको आकांक्षीहरूमा परेका थिए। त्यसपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव बनेका कंवर यसपटक वडाध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका हुन्।

कंवरको वडामा यसअघि नेपाली काँग्रेसले जितेको थियो।

प्रकाशित मिति: : 2022-04-24 10:09:00

प्रतिकृया दिनुहोस्