एमाले दाङले टुंगो लगायो सबै स्थानीय तहका उम्मेदवार (सूचीसहित)

File Photo
File Photo

नेकपा (एमाले) दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

जसअनुसार घोराहीमा मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार बनेका छन्। चौधरी ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै मेयरमा विजयी भएका थिए। फेरि पनि उनलाई पार्टीले मेयरकै लागि उम्मेदवार बनाएको छ।

तुलसीपुरमा टीकाराम खड्का मेयर र उपमेयरमा स्यानी चौधरी उम्मेदवार बनेका छन्। यी दुबै जना नयाँ हुन। यसैगरी लमही नगरपालिकामा मेयरका लागि डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बनेका छन्।

बबई गाउँपालिकको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि सावित्रा विश्वकर्मा उम्मेदवार बनेका छन्। यी दुबै जना अघिल्लो ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए। फेरि पनि दुबै जनलाई एमालेले उम्मेदवार बनाएको छ।

शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षका लागि कमला भण्डारी, दंगिशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्षका लागि जगत पोखरेल र उपाध्यक्षका लागि कलापति चौधरी उम्मेदवार बनेका छन्।

यस्तै गढवा गाउँपालिमा अध्यक्षका लागि सहजराम ऐर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादब, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार बनेको नेकपा एमाले दाङले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-04-24 13:15:00

प्रतिकृया दिनुहोस्