एक्लै लड्ने निर्णयसहित रोल्पा काँग्रेसले छान्यो उम्मेदवार (सूचीसहित)

गठबन्धन हुने चर्चाकाबीच केही ढिलोगरी नेपाली काँग्रेस रोल्पाले पनि आफ्ना उम्मेदवार छानेको छ।

काँग्रेसले गंगादेव गाउँपालिका अध्यक्षमा पार्टीका जिल्ला उपसभापति हरिबहादुर पुनलाई उम्मेदवार बनाएको छ।

यस्तै सोही गाउँपालिकाको उपाध्यक्षमा अमृता केसी वलीलाई उम्मेदवार बनाएको छ।

यसैगरी सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा पूर्व वडाध्यक्ष तथा पार्टीका जिल्ला सहसचिव गञ्ज क्षेत्रीलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा वडा सदस्य तथा महाधिवेशन प्रतिनिधि तेजकुमारी विष्टलाई उम्मेदवार बनाएको छ।

रुन्टिगढी, लुङ्ग्री, थबाङ र सुनछहरीमा पार्टी सभापतिहरु जनक पुन, जनक खड्का, खरिलाल डाँगी र कोमराज बुढालाई नै अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षहरुमा क्रमशः सरिता केसी, मुन्नीदेवी रोकाक्षेत्री, बरमाया घर्ती र सोनी बुढाथोकीलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी परिवर्तनमा विश्वकुमार चन्दलाई अध्यक्ष र सपना घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। त्रिवेणी गाउँपालिकामा राधिका हमाल पुनलाई अध्यक्ष र लेखमणी डाँगीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो।

काँग्रेसले रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुखमा भने ३/३ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ।

नगरपालिकाको प्रमुख र उपप्रमुख प्रदेश कार्यसमितिले टुङ्गाउने व्यवस्था भएकाले प्रदेशमा सिफारिस गरिएको नेपाली काँग्रेस रोल्पाका सचिव तथा नगर प्रमुखको उम्मेदवारमा सिफारिस भएका शेरबहादुर थापाले जानकारी दिए।

 

प्रकाशित मिति: : 2022-04-24 17:07:00

प्रतिकृया दिनुहोस्