मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयरमा जसपाले गर्‍यो पहिलो उम्मेदवारी दर्ता 

file photo
file photo

जिल्लाको छायाँनाथ रारा नगरपालिकाको मेयरमा जसपाका राज बहादुर भामले पहिलो मनोनयन दर्ता गराएका छन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाका भामले नगर प्रमुखमा पहिलो मनोनयन दर्ता गराएका हुन्।

आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले बताए। 

यस्तै छायाँनाथ रारा नगरपालिका वडानं १ को वडा अध्यक्षको लागि स्वतन्त्र बाट गेहेन्द्र शमशेर मल्लले मनोनयन दर्ता गराएका छन्। त्यस्तै आज मनोनयन दर्ता गर्नेमा मुगुम कार्मारोङ्ग गाउपालिका वडा नं ९ बाट वडा अध्यक्षको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका हिराकला बुढा रहेका बढुवालले बताए।

निर्वाचन आयोगले ११ र १२ गते दलहरुले मनोनयन दर्ता गर्ने मिति तोके पनि यहाका सत्ता गठबन्धनका दलहरु र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन जिल्लाको चार वटै स्थानीय तहको लागि कुनै पनि उम्मेदवारहरु मनोनयोन गरेका छैनन्। 

सत्ता गठबन्धनका दलहरुको पालिका, वडाहरुमा भागबन्डा नमिल्दा मनोनयन दर्ता नगराएका हुन्। यस्तै प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय सर्कुलर अनुसार बैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने निर्देशन भएको नेकपा एमाले मुगुका नेता डवल रोकायाले बताए।

उनका अनुसार सत्ता गठबन्धनका दलहरुको उम्मेदवारी तया भएपछि आफ्नो वडा देखि पालिका सम्म उम्मेदवारीहरुको मनोनयन एकै साथ गरिने बताए।   खड्क सुनार 

प्रकाशित मिति: : 2022-04-24 18:50:00

प्रतिकृया दिनुहोस्