पोखराको मेयरमा ११ जनाको उम्मेद्वारी दर्ता, एमाले र गठबन्धनमा कुरा मिलेन

पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन्।

राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन्। पार्टीबाट ५ र स्वतन्त्र ६ जनाले उम्मेद्वारी दिएका हुन्।

राप्रपाबाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन्।

स्वतन्त्रबाट खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बास्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरे। सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रबाट सोममाया विकको नाम दर्ता भएको कार्यालयले जनाएको छ।

मुख्य पार्टीहरुले भने सोमबार मात्रै उम्मेद्वारी दर्ता गर्ने बताएका छन्। गठबन्धन र एमालेले अझै उम्मेद्वार टुंगो लगाएका छैनन्।

प्रकाशित मिति: : 2022-04-24 18:56:00

प्रतिकृया दिनुहोस्