जाजरकोटमा आज एक जनाले मात्र उम्मेदवारी दर्ता

जाजरकोटका सात स्थानीय तह मध्ये नलगाड नगरपालिकामा मात्र एक जनाको उम्मेदवारी दर्ता भएको छ। जसपाबाट नगरप्रमुखको लागि सत्यदेव शर्माले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।

गठबन्धनभित्र वडासम्मा सहमति नभएको र नेकपा एमालेभित्र पालिका प्रमुख, उपप्रमुखको मात्र उम्मेदवार टुंगो लागेका कारण कसैले आज मनोनयन दर्ता नगरेको पाइएको छ।

गठबन्धनभित्र आज दिउँसो मात्र पालिकाको भागबण्डा टुंगो लागेको थियो। भोलि मात्र उम्मेदवारी दर्ता गर्नेको ठूलो भीड लाग्ने अनुमान गरिएको छ। हेमन्त केसी 

प्रकाशित मिति: : 2022-04-24 19:42:00

प्रतिकृया दिनुहोस्