पाेखरामा कृष्णकाे ‘इन्ट्री’पछि मन्जु पनि उपमेयरमा राजी

नेकपा (एमाले)बाट पोखरा महानगरको मेयरमा कृष्ण थापाकाे ‘इन्ट्री’ भएपछि हालकै उपमेयर मन्जुदेवी गुरुङ फेरि उपमेयरकाे उम्मेदवारका लागि राजी भएकी छन्।

पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयरकाे उम्मेदवार बनाएपछि मन्जुले उपमेयरमा नदाेहाेरिने बताएकी थिइन्।

पौडेलले सुन चोरेको भिडियाे सामाजिक सञ्जालमा फैलिएपछि एमालेले उनलाई पाखा लगाउँदै थापालाई मेयरका लागि सिफारिस गरेकाे छ।

आफूभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट थिइनन्। अब भने उनी उपमेयरमै भिड्ने छिन्।


सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलकाे टिकट खाेसियाे, कृष्ण थापाकाे ‘इन्ट्री’

प्रकाशित मिति: : 2022-04-25 08:41:00

प्रतिकृया दिनुहोस्