कोहलपुरमा माओवादी र समाजवादीबीच चुनावी तालमेल

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल हुने भएको छ। आइतबार स्थानीय तहको निर्वाचनका लागि कोहलपुरमा माओवादी र समाजवादी पार्टीबीच चुनावी तालमेलको घोषणा गरिएको हो।

चुनावी घोषणाअनुसार कोहलपुरको मेयरसहित १३ वटा वडामा माओवादी तथा उपमेयरसहित दुईवटा वडामा समाजवादीले उम्मेदवारी दिने भएको हो। त्यसैगरी माओवादीको तर्फबाट ४७ तथा समाजवादीको तर्फबाट १३ वडा सदस्यहरु चुनावी मैदानमा होमिने भएका छन।

३० वैशाखको चुनावका लागि उम्मेदवार मनोनयनको एकदिन पहिले आइतबार नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का र एकिकृत समाजवादी कोहलपुर नगर समितिका अध्यक्ष नारायणी वलीले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेका हुन्।

प्रकाशित मिति: : 2022-04-25 09:41:00

प्रतिकृया दिनुहोस्