पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन्।
कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो। गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ।
योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो। मेयरमा समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन्। प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो।