नेपाली कांग्रेसले मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा कास्कीका पालिकाहरूमा उम्मेद्वार टुंग्याएको छ।
पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसल सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने भएका छन्। कास्कीको एउटा मात्र पालिका अध्यक्ष उनीले जितेका थिए। कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो।
अन्नपूर्णको उपाध्यक्षमा पनि यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ। मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेद्वार बनिसकेका छन् भने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना), माछापुच्छ्रे गाउँपाकिलाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ।
रुपा गाउँपालिका अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठले टिकट पाएका छन्।