रोल्पाको रुन्टीगढी गाउँपालिकामा एमालेको उम्मेदवारी दर्ता

रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेकपा (एमाले) को तर्फबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता भएको छ।

अध्यक्ष पदमा यामबहादुर दशौदी र उपाध्यक्षमा हस्तमाली बाँठामगरले उम्मेदवारी दर्ता गराएका हुन्।

नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जितेको छ।

एमाले प्रदेश कमिटीले रुन्टीगढी गाउँपालिकामा हालका अध्यक्ष बालाराम बुढालाई नै टिकट दिएको थियो। तर उनले आफूलाई दिएको अध्यक्षको टिकट सहकर्मी हालका वडाध्यक्ष यामबहादुर दशौदीलाई हस्तान्तरण गरेका छन्।

एमाले लुम्बिनी प्रदेश कमिटीले अध्यक्षको टिकट बुढालाई दिएको थियो। तर उनले सोमबार बिहान उक्त टिकट दशौदीलाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: : 2022-04-25 12:50:00

प्रतिकृया दिनुहोस्