२०७४ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा कूल मतदाता १ लाख ६८ हजार ६८ जना रहेका थिए। निर्वाचनमा १ लाख २५ हजार ८५३ मत खसेको थियो।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसी विजयी बनेका थिए।
जीसीले उक्त निर्वाचनमा ६० हजार ११८ मत प्राप्त गरेका थिए जुन नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालका उम्मेदवारले प्राप्त गरेको कूल मतभन्दा बढी हो।
उक्त निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ र संघीय समाजवादी फोरम, नेपालका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए।
२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकाको उपमेयर पदमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी थिइन्। उनले ५६ हजार ४४८ मत प्राप्त गरेकी थिइन्।
उपमेयरमा पदमा नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३३८ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन्।