काठमाडौंको मेयरमा राप्रपाबाट मदनदास श्रेष्ठले दर्ता गराए उम्मेदवारी

कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गरेका हुन्।

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2022-04-25 14:00:00

प्रतिकृया दिनुहोस्