मालारानीमा गठबन्धनबाट अध्यक्षमा क्षेत्री र उपाध्यक्षमा खनाल उम्मेदवारी दर्ता

तस्बिर: बाबुराम रसाइलीकाे फेसबुकबाट।

गठबन्धनबाट मालारानी गाउँपालिकाकाे अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का पदम क्षेत्री र उपाध्यक्षमा शाेभाखर खनालले उम्मेदवारी दर्ता गरेका छन्।

नेता–कार्यकर्तासहित खनदहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

माओवादीका क्षेत्री यसअघि साेही गाउँपालिकाकाे अध्यक्ष पदमा पराजित भएका थिए। भने, खनाल मालारानी– ३ का वडा अध्यक्ष हुन्।

लामाे समयदेखि राजनीतिमा सक्रिय क्षेत्री यस क्षेत्रमा निक्कै प्रभावशाली नेताका रूपमा स्थापित छन्।

त्यस्तै, वडा नं.३ का निवार्तमान अध्यक्ष समेत रहेका खनाल युवामाझ लाेकप्रिय छन्।

प्रकाशित मिति: : 2022-04-25 15:03:00

प्रतिकृया दिनुहोस्