ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ।
उनीहरूले आज दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन्।