चुनाव लड्न एसएसपीबाट राजीनामा दिएका साहले पाएनन् टिकट

File photo
File photo

स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। 

नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासनमा गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदका आकांक्षी हुन्। 

उनको नाम सिफारिसमा परेपनि पार्टीले अन्तिममा योगेन्द्र यादवलाइ टिकट दिएकाे हाे। 

स्थानीय तहको बेथिति हटाउन आफूले उम्मेदवारी दिन लागेको र जनताको पनि साथ रहेको उनले बताए। 

प्रकाशित मिति: : 2022-04-25 15:18:00

प्रतिकृया दिनुहोस्