नेपालगञ्जा उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दिएका छन्।
यस्तै वडा अध्यक्ष र सदस्यहरुले पनि उम्मेदवारी दिए।
उम्मेदवारी दिएपछि बाेल्दै मिश्रले यसपटक नेपालगञ्जका मतदाताले आफूलाई निराश नबनाउने र जिताएर पठाए आफूले पनि निराश हुने गरी काम नगर्ने बताए। मिश्रले सहानुभूति मत पाउने अपेक्षा गरेका छन्।
मिश्रले यसअघि प्रतिनिधीसभामा उठेका थिए भने सम्माजनक मत ल्याउँदा पनि पराजित भएका थिए। यसपटक सगठन सुदृढीकरणसहित निर्वाचनमा हाेमिएका मिश्रले बलियाे पाेजिसन बनाएको एमालेको दाबी छ।
उम्मेदवारी दर्ताको क्रममा देखाएको शक्ति प्रदशनले एमाले उत्साहित छ।