केन्द्रको हस्तक्षेपपछि कांग्रेसले परिवर्तन गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार

नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो।

अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो।

प्रकाशित मिति: : 2022-04-25 17:47:00

प्रतिकृया दिनुहोस्