रोल्पा नगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त

जिल्लाको एक मात्र नगरपालिका रोल्पा रोल्पा नगरपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादीबीभ त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ।

कांग्रेसबाट शेरबहादुर थापा, एमालेबाट घनश्याम आचार्य र माओवादीबाट सुरेन्द्र थापाघर्तीको मेयरमा उम्मेदवारी परेसँगै तिन दलको प्रतिष्पर्धा हुने भएको हो।

कांग्रेसका जिल्ला सचिव समेत रहेका थापा लामो समयको विद्यार्थी राजनीतिबाट आएका युवा नेता हुन भने, एमालेका आचार्य लामो समय मानवअधिकार तथा सामाजिक क्षेत्रको सेवाबाट भर्खरै मात्र राजनीतिमा आएका हुन्।

उनी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य तथा रोल्पा नगर कमिटिका अध्यक्ष समेत हुन्।

यस्तै माओवादीबाट मेयरमा उम्मेदवार दिएका घर्ती पार्टीको लामो समयदेखि जिल्ला अध्यक्षमा रहदै आएका छन्।

यसअघि पनि माओवादीले जितेको नगरपालिकामा यस पटक एमाले र कांग्रेसले नयाँ अनुहार ल्याएसँगै केहि मत बढ्ने र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2022-04-25 19:08:00

प्रतिकृया दिनुहोस्