सुनिलस्मृतिको मुहार फेर्न क्षेत्रीले दिए उम्मेदवारी

वडाको सीमित स्रोतसाधनले ठूलो महत्व राख्ने काम गरेर लोकप्रियता कमाएका सुनिलस्मृति–४ का पूर्ववडाध्यक्ष गञ्ज क्षेत्रीले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका क्षेत्रीले वडाको सीमित क्षेत्राधिकारका कारण धेरै काम गर्न नपाएको भन्दै अब समग्र गाउँपालिकाको नै मुहार फेर्ने बताएका छन्।

उम्मेदवारी दर्ता पछि क्षेत्रीले वडामा जनताबाट पाएको ठूलो साथले गाउँपालिकामा आफ्नो माग बढेको बताएका छन्।

‘मैले ४ नम्बर वडामा गरेको काम देखेर अन्य वडावासीले गाउँपालिकामा आउनुपर्छ भन्नुभएको छ,’ क्षेत्रीले भने, ‘मैले निर्वाचनमा जितेपछि सुनिलस्मृतिलाई जिल्लाकै नमूना बनाउने योजना छ।’

‘मसँग भएको योग्यता, क्षमता र ज्ञानलाई समग्र गाउँपालिकाको विकासमा प्रयोग गर्ने मौका सुनिलस्मृतिवासीले गुमाउनु हुने छैन् भन्ने मेरो विश्वास छ,’ उनले भने।

यदि यो सुनाैलाे मौका मतदाताहरूले गुमाएमा यहाँकाे भावी पुष्ताले सराप्ने समेत क्षेत्रीले बताएका छन्।

गाउँपालिकामा क्षेत्रीको उम्मेदवारी परेसँगै अन्य दलका मतदाताहरूले पनि रूचाएका छन्। केहि दलले त क्षेत्रीलाई नै समर्थन गर्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-25 20:28:00

प्रतिकृया दिनुहोस्