नेपाली कांग्रेस बेलबारीमा मेयर तथा उपमेयरको टिकट वितरणमा मानोमानी गरिएको छ।
कांग्रेस बेलबारीले भुगोलको आधारमा टिकट दिने प्रतिवदता व्यक्त गर्दै आएपनि अन्तिम समयमा आफैले गरेको प्रतिवद्दता विपरित गई उम्मेदवारी चयनमा मनोमानी गरेको हाे।
सोमबार वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी बेलबारीमा कांग्रेसले मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा कोईरालालाई टिकट दिएको छ।
पार्टीले गरेको यस निर्णय प्रति असन्तुस्टि जनाऊदै उपमेयरका आकांक्षी रीता कोईराला र रुक्मणि धिमाल लगायतका अन्य नेता तथा कार्यकर्ताले ध्यानआकर्षण पत्र बुजाएका छन्l
बेलबारी नगरसभापति छत्र लिम्बु र नगर सचिव जनक पोख्रेलले ध्यानआकर्षण पत्र बुझेक़ा छन्l सभापति लिम्बूले कनै प्रतिक्रिया नदिएपनि सचिव पोखरेलले भने जिल्ला सम्म यस विषयमा छलफल गर्ने बताएका छन्l
बेलबारी नगर कार्यसमिति र जिल्ला कार्यसमिति मोरंगको चरम लापरवाही गरेको भन्दै बेलबारी कांग्रेस नेता तथा कार्यकर्ताले खुलेर बिरोध जनाएका छन्l