‘माओवादीले जित्ने ठाउँमा किन भएन गठबन्धन ?’

नेपाली काँग्रेसका युवा नेता मनोजमणि आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रश्न गरेका गरे, ‘माओवादीले जित्ने ठाउँमा किन भएन गठबन्धन ?’

यो प्रश्न अहिले रोल्पा, रुकुमका काँग्रेस जनहरुमा ठूलो बहसको विषय बनाएको छ।

‘भरतपुर जस्तो ठाउँमा माओवादीलाई मेयर दिनै पर्ने, घोराही जस्तो ठाउँमा माओवादीलाई मेयर दिनै पर्ने तर रोल्पामा काँग्रेसलाई मेयर किन नदिने ? यदि गठबन्धन हुने नै हो भने देशभरि नै समान रुपमा हुनुपर्ने हैन र ?,’ काँग्रेस नेता आचार्य अगाडि लेख्छन्, ‘माओवादी सशस्त्र द्वन्द्व प्रभावित जिल्लाहरु रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालीकोटजस्ता जिल्लामा माओवादीले एक्लै जित्ने ठाउँमा कांग्रेस–माओवादी गठबन्धन भएन। कारण के हुन सक्छ ?’

केन्द्रमा गठबन्धन भएपनि स्थानीयस्तरमा त्याे नपचेकाे उनकाे धारणा छ।

‘माओवादी साथीहरुको दम्भ/अहमता आफूलाई जित्छु भन्ने ठाउँमा किन तालमेल ?,’ आचार्यले माओवादी र काँग्रेसको केन्द्रीय नेतृत्वलाई प्रश्न गरेका छन्, ‘माओवादी साथीहरुले यहाँबाट केन्द्रलाई दिन खोज्नुभएको सन्देश के हो ?’

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका नेता आचार्यको बिचारमा प्रतिक्रिया दिँदै रुकुम, जुम्लाका काँग्रेस कार्यकर्ताहरुले केन्द्रको निर्देशनले काँग्रेस कमजोर बन्ने गुनासो गरेका छन्।

उनीहरुले देशभरमा एक्लै लड्नुपर्ने ठाउँमा माओवादीलाई जबर्जरस्ती बोक्दा आफूहरुमा निराशा छाएको प्रतिक्रिया दिएका छन्। कतिपयले सीमित नेताको स्वार्थका कारण काँग्रेस कार्यकर्ताहरुले विनाकारण कारबाही भोक्नु परेको तितो अनुभव समेत पोखेका छन्।

प्रकाशित मिति: : 2022-04-27 16:35:00

प्रतिकृया दिनुहोस्