बर्दिबासमा माओवादीका बागी उम्मेदवार सुस्लिङ्गले फिर्ता लिए उम्मेदवारी

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन्।

टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन्।

बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन्। पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए।

मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन्। कांग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन्। क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका कांग्रेका उम्मेदवारले भने मनोनयन फिर्ता गरेका छन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता भएका सबैको नामावली आज बेलुकी ६ बजे प्रकाशन गर्ने कार्यक्रम रहेको छ। बर्दिबासबाट उम्मेदवारी फिर्ता गर्नेमा धेरैजसो नेपाली कांग्रेसका कार्यकर्ता छन्।

प्रकाशित मिति: : 2022-04-29 17:50:00

प्रतिकृया दिनुहोस्