स्थानीय तह निर्वाचनले दिएको स्पष्ट सन्देश

राजधानी दैनिक

श्यामप्रसाद मैनाली

नेपालमा संघीयताको कार्यान्वयन भइरहेको अवधि पाँच वर्ष पुगिसकेको छ । स्थानीय तहका जनप्रतिनिधिले एक कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ ।

यस निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले निर्वाध रूपमा पाँच वर्षसम्म मतदातामाथि शासन गर्दछन् । हामीले आफैंमाथि प्रत्यक्ष शासन गर्ने व्यक्तिलाई आफ्नो सार्वभौम अधिकार प्रत्यायोजन गरिराखेका छौं । यदि हामीले यस अवसरमा अनुपयुक्त प्रतिनिधि छनोट गरेको खण्डमा पाँच वर्षसम्म अनुपयुक्त पात्रबाट प्रताडित हुनुपर्ने अवस्था बन्दछ ।

त्यसैले जनप्रतिनिधिको छनोट गर्दा क्षमतावान्, स्थानीय स्तरका समस्या राम्ररी बुझेका, असल आचरण भएका, निष्पक्ष व्यक्तिको छनोट गर्न उपयुक्त अवसरको सदुपयोग गर्ने समय थियो, अब मतदान सकिएको छ । आफ्नो जनप्रतिनिधिका रूपमा स्थानीय सरकारका छोटे राजा’bout मतदाताहरू जिज्ञासु बन्दै छन् । निर्वाचन सम्पन्न भइसक्दाको अवस्थामा के कस्ता अनुभव मतदाताले र राजनीतिक दललगायतका राजनीतिकर्मीले गर्न पुगे ? के कस्तो सन्देश यो निर्वाचनले दिएको छ ? यिनै विषय केन्द्रित भएर यो आलेख तयार पार्ने प्रयास गरिएको छ ।

प्रकाशित मिति: : 2022-05-23 15:39:00

प्रतिकृया दिनुहोस्