केपी ओली ज्यू बङलङ्ग पछारिने कि वैशाखी टेकेर उभिने ?

राजधानी दैनिक

ध्रुव लम्साल

असाध्यै क्रान्तिकारी र समाजवादको हिमायती ठान्ने एमाले कार्यकर्ताले अचेल अलि ढिलो बुझ्न थालेको आभाष हुन थालेको छ। सामाजिक सञ्जालमा बृहत ‘साइबर सेनाको ग्याङ्’ बनाएर पार्टीको व्यापक प्रचार गरेको दावी गर्नेहरुले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित्दै गरेको पत्तो समेत पाएनन्।

यतिसम्म कि मतगणनाको पाँचौं दिन पनि एमाले कार्यकर्ता भन्दै थिए ‘कोर एरिया पुगेपछि केशव स्थापितको नसोचेको मत आउछ।’ कोर एरियामा पुगेपछि मत त नसोचेकै आयो तर, एमाले कार्यकर्ताले सोचे भन्दा विपरित।

स्थानीय चुनाव सम्पन्न भइसकेकाले अब हुने संघीय चुनावमा कसको स्थिति के हुने भन्नेमा सामान्य चिया पसलदेखि बिहे, पास्नीमा हुने जमघटमा समेत छलफलको विषय बनिसकेको छ। तलदेखि माथिसम्मकै एमाले कार्यकर्ताले भन्न छुटाएका छैनन् ‘अब हुने चुनावमा एमाले पहिला पार्टी हुन्छ।’

प्रकाशित मिति: : 2022-06-01 12:32:00

प्रतिकृया दिनुहोस्