‘धराने साउ’ को घरमा लुटपाट गर्ने वडाध्यक्ष पक्राउ 

ममता आचार्य

संखुवासभा

संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङका विरेन्द्र भगत श्रेष्ठ ‘धराने साउ’को घरमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।

श्रेष्ठको घरमा लुटपाट गर्ने वडा अध्यक्ष नन्दुराज राईसहित दुई जना पक्राउ परेका हुन्। 

गत मङगलबार लुटपाट गर्न गएका उनीहरुले श्रेष्ठकी आमासहित छेराछोरीलाई घाइते बनाएका छन्। 

हातहतियार खुकुरी, रड ,भालासहित लुटपाट गर्न गएका उनीहरुले टाउको, हात र छातीमा प्रहार गरेका थिए। 

लुटपाट गर्नका लागि उनीहरुले अघिल्लो दिनै श्रेष्ठको घर नजिकै रहेको ‘टंक फलाम पसल’ बाट हातहतियार सहित  धुलो खुर्सानी किनेको प्रहरीले जनाएको छ। 

लुटपाटमा घाइते भएकाहरूकाे उपचार गरी घर लगिसकेकाे प्रहरीले जनाएकाे छ। 


 
 

प्रकाशित मिति: : 2022-09-01 19:11:00

प्रतिकृया दिनुहोस्