डोल्पामा काँग्रेस,एमाले र  माओवादीले टुंग्यायो संघ र प्रदेशमा उम्मेदवार

File photo
File photo

हिमाली जिल्ला डोल्पामा काँग्रेस,एमाले र माओवादीले संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस टुंग्याएको छ।

आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशकालागि उम्मेदवार सिफारिस गर्ने केन्द्रिय सर्कुलर वमोजिम जिल्ला स्थित राजनितिक दलहरुले नाम सिफारिस टुंग्याएका हुन्।

जिल्ला कार्य समितिको बैठकबाट प्रतिनिधि सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य कर्ण बुढालाइ एकल उम्मेदवार  सिफारिस गरेको पार्टी सचिव हिक्मत शाहीले जानकारी दिए।

त्यसैगरी प्रतिनिधि सभा समानुपातिककालागि पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्याय,पुर्व समानुपातिक सांसद दुध कुमारी हमाल,अर्णबहादुर न्यौपानेलाइ सिफारिस गरिएको छ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष्य तर्फ पार्टी सभापति दिपेन्द्र बहादुर शाहीलाइ एकल रुपमा उम्मेद्धार सिफारिस गरेको छ।

समानुपातिक तर्फ योगेन्द्र बहादुर शाही,नवराज शाही,श्रीबहादुर शाही,दसरथ रोकाय,सुवर्ण शाही,वेगम सिँह ठकुरी,रामकुमारी शाही,जुना रोकायलाइ सिफारिस गरिएको हाे।

यस्तै प्रदेश निर्वाचन क्षेत्र ख का लागि प्रत्यक्ष तर्फ पार्टी उप सभापति पुर्ण बहादुर शाही,श्रीलाल बस्नेत,भैरब बहादुर शाहीलाइ सिफारिस गरेको हो।

यस अघि ख क्षेत्रका सभापती मोति प्रसाद उपाध्यायको अध्यक्षता बसेको बैठकले महासमिति सदस्य जयनन्द उपाध्याय,पुर्ण बहादुर शाही,तुल बहादुर बोहोरा,श्रीलाल बस्नेत,सुनरुपा ठकुला,कर्णचन्द्र रोकायको नाम सिफारिष् गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो।

तर जिल्ला कार्य समितिले जयनन्द उपाध्याय सहित तीन जनाको नाम काटेर पार्टी उप सभापति पुर्ण बहादुर शाही,श्रीलाल बस्नेत,भैरब बहादुर शाहीलाई सिफारिस गरेको छ।

जिल्ला कार्य समितिले पार्टीको विधान बमोझिम क्षेत्रिय सभापतिको नेतृत्वमा गरिएको निर्णय कुल्चेर पुनःउम्मेद्धारको नाम थपघट गरेर सिफारिष् गरिएकोमा घोर आपत्ती रहेको महासमिति सदस्य उपाध्याले बताए।

यो निर्णय केन्द्रिय पार्टीले मान्यता नदिनेमा ढुक्क रहेको उपाध्यायको भनाइ छ। समानुपातिक तर्फ शुरबहादुर शाही,बिष्णु रोकाय,लक्ष्मी शाही,मतिरुपा रावललाई सिफारिस गरेको छ ।

जिल्ला कमिटिले प्रतिनिधि सभाकालागि बदमीकुमारी बोहोरालाइ एकल उम्मेदवार सिफारिस गरिएको पार्टी सचिव लंक बहादुर रोकायले जानकारी दिए।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ पुर्व जिल्ला समन्वय समिति प्रमुख तथा पार्टी अध्यक्ष शेरबहादुर बुढालाई एकल सिफारिस गरिएको छ।

समानुपातिक तर्फ बिष्णु बहादुर रोकाय,प्रिमाकुमारी शाही र प्रेमलाल बिकलाई सिफारिस गरेको छ। त्यसैगरी ख निर्वाचन क्षेत्रकालागि प्रत्यक्ष तर्फ धनचन्द्र बैजी,आङबहादुर लामा,चन्द्राकुमारी बुढालाइ सिफारिस गरिएको छ, भने समानुपातिक तर्फ तुलाचन्द्र बुढा र प्रेम बिकलाई सिफारिस गरिएको हो।

प्रतिनिधि सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ जिल्ला पार्टी अध्यक्ष मालबहादुर रोकाय,दिलबहादुर बिष्ट र विरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ।

समानुपातिक तर्फ माओवादी केन्द्र केन्द्रिय सदस्य काली चलाउने,भिमा केसी बञ्जारा र नैनसिँह विकलाइ सिफारिष गरेको हो, भने प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ धन प्रसाद कार्कीलाइ सिफारिस गरेको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र ख कालागि प्रत्यक्ष तर्फ बहालवाला उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिस गरिएको छ।

समानुपातिक तर्फ ग्याल्बो थापा भोटे,उर्मिला विक,पुर्णिमा बोहोरा र पेमा डोल्मा गुरुङ्गको नाम सिफारिस गरेको छ। त्यसैगरी नेकपा एकिकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभाकालागि उम्मेद्धार सिफारिस टुंग्याएको छ।

प्रतिनिधि सभाकालागि प्रत्यक्ष तर्फ पुर्व पर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिस गरिएको छ। समानुपातिक तर्फ भने मिलन शाही र काली बुढाको नाम सिफारिस गरिएको हो।

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्ष तर्फ पुर्व मन्त्री नन्द सिह बुढाको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ युवा नेता मानप्रसाद बुढा र मिलन शाहीको नाम सिफारिस गरिएको हो, भने प्रदेश निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष तर्फ युवराज थकालीको नाम एकल रुपमा सिफारिस गरिएको छ।

समानुपातिक तर्फ छक्क बहादुर धराला र माया ठकुल्लाको नाम सिफारिस गरेको हो।

प्रकाशित मिति: : 2022-09-05 21:46:00

प्रतिकृया दिनुहोस्