मुलुक आमनिर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेसन लागेको छ।
चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौंमा हुने भनिएको महाधिवेसनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो। कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो।
सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने छन।
दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेसनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ। सो महाधिवेसनमा कति प्रतिनिधि रहनेछन ? त्यो भने खुलाइएको छैन।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि बिभाजन गरी नेकपा गठन गरेका थिए। तीन वर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भउपछि पहिलो पटक नयाँ कार्यदिशा निमार्ण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ।