कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन्।
भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन्।
कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन्।