रुकुम पूर्व (क) मा स्वतन्त्र उम्मेदवार अजयशक्तिको अग्रता

बिएल संवाददाता

रुकुम पूर्व
File Photo
File Photo

रुकुम पूर्वमा सत्ता गठबन्धन भन्दा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन्। 

 प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को अहिलेसम्मको मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सुरुल पुन 'अजयशक्ति' अगाडि देखिएका हुन्।

एक हजार पाँच सय ९३ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार पुन १६७ मतले अगाडि छन्। उनले ८२५ मत ल्याएका छन्।

पुनलाई माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले पछ्याइरहेका छन्। ओलीले ६५८ मत ल्याएका छन्।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार दुत कुमार पुनले २४ मत ल्याएका छन्।
 

प्रकाशित मिति: : 2022-11-22 06:55:00

प्रतिकृया दिनुहोस्