नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पाैडेल र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रले निरन्तर अग्रता लिएको छ।
रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन्। एमालेका पौडेलले १९ सय ४४ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरूदेखि नै अग्रता लिइरहेका छन्।
त्यस्तै, दाङ–२ (पोखरेल) मा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले सुरुदेखि नै अग्रता लिइरहेकी छिन्।
शर्माले ६ हजार ५६० मत प्राप्त गरेकी छन्। उनलाई पोखरेलले पछ्याइरहेका छन्। उनले ५ हजार २०८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वातन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २ हजार ५६८ मत प्राप्त गरेका छन्।
'विष्णु पाैडेल र महासचिव शंकर पोखरेलले जित्नुहुन्छ। हामीहरूले काेर एरिया कुरिरहेका छाैँ,' नेकपा (एमाले)का एक लुम्बिनी प्रदेश कमिटी सदस्य भन्छन्।