गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु

गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज फेरि मतदान सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको हो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई बाँडिएपछि विवाद भएको थियो। र, मतदान स्थगित गरिएको थियो।

भगवती क र ख केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने भएको छ । गुल्मी १ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन्।

प्रकाशित मिति: : 2022-11-22 09:05:00

प्रतिकृया दिनुहोस्