झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

झापा–२ बाट नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरे विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।

उनी २८ हजार ६९७ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपालले २६ हजार ४४१ मत ल्याएका छन्। यस्तै गठबन्धनका माओवादी उम्मेदवार हरिकुमार राना मगरले १३ हजार ९२४ मत ल्याए।

प्रकाशित मिति: : 2022-11-23 20:29:00

प्रतिकृया दिनुहोस्