लेखराज भट्टलाई ज्यान मार्ने धम्की

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएकाे छ।

मंगलबार बिहान २ अज्ञात व्यक्तिले पूर्वमन्त्री समेत रहेका भट्टकाे घरमै गएर ज्यान धम्की दिएकाे हाे। 

उनलाई घरमा नभेटेपछि ती व्यक्तिहरूले सहयोगीहरुलाई भट्ट लक्षित गर्दै ज्यान मार्ने धम्की दिएकाे उनले बताए। 

‘म घरमा नभएकाे बेला मेरा सहयाेगीहरुलाई अज्ञात व्यक्तिहरूले त्याे मन्त्रीलाई ठिक पार्छौ भन्दै धम्की दिएछन्' उनले भने, 'याे कुरा मैले प्रहरीलाई बताइसकेकाे छु।'


 

प्रकाशित मिति: : 2022-11-22 12:48:00

प्रतिकृया दिनुहोस्