बाँके–२ मा धवल शमशेर विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा बाँके–२ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। 

उनले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरे।

राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याउन सके।

कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याए।

प्रकाशित मिति: : 2022-11-23 06:15:00

प्रतिकृया दिनुहोस्